केकी र विपिनले सुरु गरे ‘प्रसाद २’को छायांकन

२९ मंसिर २०७९ ८:४७

अन्ततः लामो समयको रस्साकस्सीपछि प्रतिक्षित चलचित्र ‘प्रसाद २’को छायांकन आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकाबाट चलचित्रको शुभसाइत गर्दै छायांकन सुरु गरिएको चलचित्रका निर्माता सुदर्शन बस्नेतले जानकारी दिए ।

यो चलचित्रको छायांकन माछापुछ्रे गाउँपालिकामा ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुदर्शन बस्नेतले लगानी गर्दैछन् भने चलचित्रका प्रस्तुतकर्ता सुवास थापा हुन् ।

चलचित्रमा नायक विपिन कार्की, नायिका केकी अधिकारी, कलाकार अर्पण थापाको साथमा महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । चलचित्रलाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् ।

बक्स अफिसमा ‘प्रसाद’ले राम्रो व्यापार मात्र गरेका थिएन, समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अब, यसको सिक्वेललाई पनि दर्शकले रुचाउने निर्माणपक्षको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *