रणवीर र श्रद्धाको फिल्मको नाम ‘तू झुठी मैं मक्कार’

२९ मंसिर २०७९ ८:०३

लभ रञ्जनको निर्देशनमा तयार भएको चलचित्रको नाम सार्वजनिक गरिएको छ । नायक रणवीर कपुर र नायिका श्रद्धा कपुरको प्रेम र रोमान्सको कथामा तयार भएको यो चलचित्रको नाम ‘तू झुठी मैं मक्कार’ राखिएको छ ।

लभ स्टोरी जनराको यो चलचित्रलाई आउँदो बर्षको होलीमा रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ । सार्वजनिक चलचित्रको पोष्टरमा रणवीर र श्रद्धा एक अर्कासँग रोमान्टिक देखिएका छन् ।

लभ रञ्जनले यसअघि ‘प्यार का पन्चनामा र सोनु के टिट्टु कि स्विटी’ निर्देशन गरेका थिए । यसैले, रणवीर र श्रद्धाको चलचित्रको कथा पनि केही फरक रहेको अनुमान लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *