परिवारसहित पशुपतिनाथ दर्शन गर्न पुगे बिबेक ओबराय

२९ मंसिर २०७९ ६:५५

दश दिने भ्रमणका लागि बुधबार बेलुकी नेपाल आइपुगेका बलिउडका चर्चित नायब बिबेक ओबरायले आज बिहानै पशुपतिनाथको दर्शन गरेका छन् । उनी, बुधबार आफ्ना पिता, श्रीमती र २ सन्तानका साथ नेपाल घुम्न आएका हुन् ।

बिबेकले बिहिबार बिहान आफ्ना परिवारसहित पशुपतिनाथ परिसर पुगेर पूजा गरेका हुन् । उनी, मन्दीरबाट बाहिरिदै गर्दा फ्यानहरुसँग सेल्फी खिच्न पनि व्यस्त बने ।

विवेकल पशुपतिनाथको मन्दीरको दर्शन गर्ने आफ्नो चाहना पुरा भएको बताएका छन् । नेपाल बसाँइका क्रममा बिबेक चन्द्रागिरी पनि पुग्नेछन् । साथै, उनी लुम्बिनी, पोखरा पनि पुग्नेछन् । बिबेक आज नै पोखरातर्फ जाने बुझिएको छ ।

नेपाल रहँदा बिबेकले सगरमाथा बेसक्याम्प, प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरी हिमालको अवलोकन समेत गर्नेछन् । उनी लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने फ्यानसँगको भेटघाटमा पनि व्यस्त हुनेछन् । बिबेक डिसेम्बर २४ मा मात्र भारत फर्कनेछन् ।

बिबेक व्यवसायी पूनम यादवको निम्तोमा नेपाल आएका हुन् । बुधबार विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले आफू पहिलो पटक नेपाल आएको बताए । साथै, उनले आफ्ना बच्चा र आफूले नेपाल हेर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *