बालेनलाई नमस्कार नगरेको भन्दै गाली आएपछि निश्चलले दिए स्पष्टिकरण

२९ मंसिर २०७९ ४:४०

काठमाडौंका मेयर बालेन्द्र शाहलाई एक कार्यक्रममा भेट्दा नमस्कार नगरेको भन्दै निर्देशक निश्चल बस्नेतमाथि तथानाम गाली आइरहेको छ । निश्चलसँग संकार नभएको, यस्ताको चलचित्र किन हेर्नु भन्दै गालीको बर्षात नै सामाजिक संजालमा छ । टिकटकमा त अझ, यो भिडियो राखेर उनीमाथि तथानाम गाली बर्साउनेहरुको कमी छैन ।

तर, सत्य के हो भनेर वुझ्ने कोशिश कसैले पनि गरेनन् । सामाजिक संजालमा तथानाम गाली आएपछि निश्चलले सामाजिक संजालबाटै स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्–‘कसैको चरित्र हत्या गर्न कति सजिलो भएको रैछ आजकल । भिडियो क्लिप निकाल्यो, आफूलाई मन लागेको लेख्यो अनी सुरु हुन्छ होला । गाली गलौच गर्नलाई औला चिलाइहाल्छ । खाते काले, चुतिया, सम्मान गर्न नसक्ने, तेरो चलचित्र बहिष्कार गर्नुपर्छ । यस्ता पनि कलाकार । यस्तै अनेकौ, अझ कडा शब्दहरु । बालेनले गरेको नमस्कार नफर्काएर इन्नोर गरेँ भन्दै टिकटकमा एउटा भिडियो भाइरल हुँदै रैछ । साथीभाइले पनि प्रश्न गर्न थाले के गरेको तैँले भन्दै । त्यही भएर लेख्दैछु ।’

निश्चलले बालेनसँगको भिडियो उनी मेयर भएपछिको नभएर उनी मेयर हुनु भन्दा अगाडिको भएको उल्लेख गरेका छन् । चलचित्र ‘चिसो एष्ट्रे’को प्रिमियरमा आफू र बालेनको पहिले नै भेट भैसकेको र पछि चिनजानका साथी आउँदा बालेनले अरुलाई र आफूले अरुलाई नमस्कार गरिरहेको उल्लेख गरेका छन् ।

उनले अगाडि लेखेका छन्–‘हाम्रो मेयर ज्यूलाई मैले सम्मान गरिन रे । त्यही भएर म यी सबै गालीको लायक हैन त ? सत्य के हो मतलब भएन । गाली गर्न पाएपछि पछि हट्न हुन्न है ? धन्यवाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *