डरलाग्दो छ ‘चि मुसी चि’को टिजर

२७ मंसिर २०७९ ७:४४

पौषको २२ गतेबाट रिलिज हुने चलचित्र ‘चि मुसी चि’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले चलचित्रको कथाभाव भन्न खोजेको छ । यो टिजरमा कलाकारहरुको हाउभाउ, उनीहरुको उत्सकुता र डरलाई देखाइएको छ । हरर चलचित्रको टिजरलाई हेरेर दर्शकमा झनै उत्साह थपिन सक्छ ।

अरुण चक्राबर्तीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई एमी स्टूडियोको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मा देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरब बिष्ट लगायतको अभिनय छ । चलचित्रले नेपालमा हरर फिल्मको ट्रेन्ड नै स्थापित गर्ने दाबी निर्माताको छ ।

यो चलचित्रलाई मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो चलचित्रकी निर्माता हुन् । चलचित्रमा एक बच्चाको आवाज सुन्न सकिन्छ । जसले ‘चि मुसी चि’ भन्ने बालापनमा खेलिने खेलको संवाद बोलेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *