ज्याकिलनमाथि नोराले दर्ता गरिन् मानहानीको मुद्दा

२६ मंसिर २०७९ १५:३४

बलिउड हट नायिका नोरा फतेहीले अर्की नायिका ज्याकलिन फर्नान्डेजको विरुद्ध २ सय करोडको मानहानीको मुद्दा दायर गरेकी छिन् । नोराले ज्याकलिनमाथि दुर्भावनाको बिषयमा झुटो बयान दिएको आरोप लगाएकी छिन् । यी दुबै नायिकामाथि इडीले मनी लोन्ड्रिङको बिषयमा सोधपुछ गरेको थियो । ३७ बर्षकी ज्याकलिनको विरुद्धमा मनी लोन्ड्रिङको मुद्दा प्रवद्र्धन निर्देशालयमा चलिरहेको छ ।

ज्याकलिनमाथि वित्तिय अनियमितताको आरोपमा मुद्दा चलिरहेको छ । उनीमाथि सुकेश चन्द्रशेखरसँग महंगो गिफ्ट लिएको र मनी लन्ड्रिङ गरेको आरोप छ । बलिउडमा ज्याकिलन केही चलचित्रमा व्यस्त छिन् भने नोरा रियालिटी शोको निर्णायक हुन र केही चलचित्रमा आइटम गीत गर्नमा व्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *