उषा बसेकै घरमा जी.पीले भित्राए दोश्री श्रीमति

२६ मंसिर २०७९ १५:१९

पूर्व मिस नेपाल उषा खड्गीसँग बिहे गरेको ६ महिना नवित्दै संचारकर्मी जी.पी तिमिल्सिनाले दोश्रो बिहे गरेका छन् । उनले, डिसेम्बर ५ तारिखमा बिहे गरेका हुन् । डिसेम्बर ५ तारिखमा बिहे गरेका जी.पीको बिबाहको खबर आज मात्र बाहिरिएको हो ।

जी.पी र उषाको डिभोर्स जेठको २६ गते भएको थियो । तर, उनीहरु एउटै घरमा रहँदै आएका छन् । उषाका अनुसार, जिल्ला अदालतमा डिभोर्स भैसक्दा पनि जी.पी र उषाको सम्पत्ती भने भागबन्डा लागेको छैन । यसैले, उनीहरु लोकन्थलीको एउटै घरमा छुट्टाछुट्टै फ्ल्याटमा बस्दै आएका छन् ।

जी.पीले सविना अधिकारीसँग अर्को बिहे गरेका हुन् । तर, उनले उषा र २ सन्तानलाई सम्पत्ती दिइसकेका छैनन् । उषाले भनिन्–‘हाम्रो घरमा अहिले तमासा चलिरहेको छ । डिभोर्स गरेर सम्पत्तीको भागबन्डा पनि नलागेको समयमा उहाँले अर्को बिहे गरेर सोही घरमा ल्याउनुभयो । हामी घरको दोश्रो फ्ल्याटमा बस्दै आएका छौं । जी.पी र उनको श्रीमति तेश्रो तल्लामा बस्छन् । दैनिक, हाम्रो फ्ल्याटको ढोका हुँदै उनीहरु बाहिर निस्कन्छन् । हामीमाथि ठूलो अन्याय भएको छ ।’

उषाले जी.पीले अदालतको आदेशलाई समेत लत्याउँदै सम्पत्ती भागबन्डा नगरेको बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *