के बक्स अफिसमा बरुण र कृतिको ‘भेडिया’ असफल भएको हो ?

२६ मंसिर २०७९ ९:१०

बक्स अफिसमा ‘दृश्यम २’ले आगो लगाइरहँदा नायक बरुण धवन र नायिका कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को अवस्था भने के छ ? यो चलचित्रले सय करोडको आँकडा सहजै पार गर्न सक्थ्यो । तर, अजय देवगणको ‘दृश्यम २’ले बक्स अफिसमा धमाका मच्चाउँदा बरुणको चलचित्रलाई असर पर्यो ।

तर, पनि बक्स अफिसमा यो चलचित्रको कमाई सुखद मान्नुपर्छ । चलचित्रले रिलिजको तेश्रो साताको विकेन्डमा पनि राम्रो कमाई गरेको छ । तेश्रो साताको शुक्रबार ९५ लाख कमाएको चलचित्रले शनिबार १.८० र आइतबार २.०७ करोडको व्यापार गरेको छ । योसँगै चलचित्रको कमाई ६१.४९ करोड पुगेको छ ।

चलचित्रको लाइफ टाइम कलेक्शन ६५ करोड पुग्ने अनुमान गर्न सकिन्छ । शुक्रबारदेखि हलिउड चलचित्र ‘अवतार’ रिलिज हुने भएकाले पनि यसको व्यापार यो सातासम्म मात्र हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *