विकासको आशमा आँचल र आर्शिवाद

२६ मंसिर २०७९ ८:४८

सोमबार निर्देशक विकासराज आचार्यले एउटा तस्वीर फेसबुकमा पोष्ट गरे, जहाँ नायिका आँचल शर्मा र नव–नायक आर्शिवाद क्षेत्री उनको साथमा छन् । दुबै जनाले विकासलाई हेरेर मुस्कुराएका छन् । यो तस्वीर चलचित्र ‘नाई नभन्नु ल ६’बाट लिइएको हो ।

चलचित्रको छायांकन झापामा भएको थियो । निर्माणपक्षले अहिले ब्रेक लिएको छ । चलचित्रलाई वैशाखको १ गतेबाट रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

चलचित्रबाट आर्शिवाद रजतपटमा भित्रिएका हुन् । आँचल अर्को बर्षको सुरुवातमै हिट चलचित्र दिएर आफूलाई स्टार नायिकाको दौडमा अगाडि बढाउन चाहन्छिन् । यो बर्ष उनको चलचित्र ‘झिंगे दाउ’ सुपरहिट भयो ।

विकास पनि ‘हजार जुनी सम्म’पछि आफ्नो हिट सिरिजको छैटौं श्रृङ्खला दर्शकमाझ ल्याउन तयार छन् । तर, आर्शिवाद र आँचललाई विकासको चलचित्र र उनको निर्देशनमाथि ठूलो भरोसा छ । तस्वीरले पनि यही भन्न खोजेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *