धिरजसँग सुहाना जोडिदा खुशी छन् अनमोल

२६ मंसिर २०७९ ८:२५

यदि, चलचित्र ‘भगवत् गीता’मा काम गर्न नायक अनमोल केसी राजी भएको भए, निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले अरु नायक खोज्ने थिएनन् । तर, एउटै टिमसँग २ वटा चलचित्रमा काम गरेपछि अनमोलले ब्रेक लिन चाहेका थिए । सोहीकारण, अनमोलले ‘भगवत् गीता’मा काम गरेनन् ।

वुझिएअनुसार, यो चलचित्र लगतै सुनिल र झरना ‘ए मेरो हजुर ५’को तयारीमा लाग्नेछन् । जसमा, अनमोलले नै काम गर्नेछन् । उसो त बजारमा नायक केसी र ‘भगवत् गीता’मा भित्रिएका नायक धिरज मगरबिच प्रतिस्पर्धा छ भनिन्छ । तर, वास्तविक रुपमा भने यस्तो नभएको देखिएको छ ।

धिरज सुनिलको ब्यानरमा भित्रिएपछि नायक अनमोल केसी पनि खुशी देखिएका छन् । उनले, टिमलाई नै बधाई दिदै राम्रो कामको लागि शुभकामना दिएका छन् । अनमोलले शुभकामना दिएसँगै उनले धिरज मगरलाई प्रतिस्पर्धीको रुपमा लिन्छन् भन्ने हल्ला पनि सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *