‘पठान’को ‘बेसरम’ गीत रिलिजः साहरुख र दीपिकाको बोल्ड केमेष्ट्री

२६ मंसिर २०७९ ७:४२

५ बर्षपछि ठुलो पर्दामा फर्किन लागेका बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको टिजरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको समयमा चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो ।

चलचित्रको गीतमा नायक साहरुख खान र नायिका दीपिका पादुकोणको बोल्ड केमेष्ट्री देख्न सकिन्छ । भिडियोमा दीपिका पादुकोण हट देखिएकी छिन् । यो कुनै पार्टीको क्रममा चलचित्रमा देखिने गीत हुनसक्ने अनुमान लगाउन सकिन्छ । तर, यसको भिडियोले भने धेरैको दिमाग हल्लाउँछ ।

चलचित्रमा नायक जोन अब्राहिम खलनायकको भूमिकामा छन् । यशराज ब्यानरले बनाएको चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा धेरैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *