अन्ततः ‘भगवत् गीता’मा धिरज मगर नै फाइनल

२५ मंसिर २०७९ ११:१७

लामो रस्साकस्सीपछि नायक धिरज मगर नै चलचित्र ‘भगवत् गीता’मा फाइनल भएका छन् । सुनिल कुमार थापाको निर्माण र झरना थापाको निर्देशनमा बन्ने यो चलचित्रका लागि लामो समयदेखि नायकको खोजी गरिएको थियो । चलचित्र निर्माणको सुरुवाती चरणमै धिरजसँग यसको निर्माणपक्षले कुरा गरेको थियो । धिरजसँग पारिश्रमिकको बिषयमा कुरा नमिलेपछि निर्माणपक्षले नयाँ नायकको खोजी गरेको थियो ।

तर, आज धिरजसँग औपचारिक रुपमा कागजी संझौता भएको छ । अब, बैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रमा धिरज मगरले नायिका सुहाना थापासँग काम गर्ने पक्का भएको छ ।

लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रका लागि केही दिन अगाडि कलाकारको खोजी समेत गरिएको थियो । धिरजले कती रकममा साइन गरे भन्ने खुलेको छैन । तर, धिरज फाइनल भएसँगै यसको टिम अब छायांकनमा जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *