२ सय करोड क्लबमा अजयको ‘दृश्यम २’

२५ मंसिर २०७९ ९:१४

नायक अजय देवगणको तेश्रो चलचित्रले २ सय करोड क्लब छोएको छ । उनी अभिनित चलचित्र ‘दृश्यम २’ बक्स अफिसमा २ सय करोडको आँकडा पार गरेको हो ।

चलचित्रले रिलिजको चौथो हप्ताको शुक्रबार २.६२ करोडको कमाई गर्यो । शनिबार चलचित्रको व्यापार ४.६७ करोड रहन पुग्यो । योसँगै चलचित्रले २०३ करोड माथिको कारोबार गरेको छ ।

अजयको यसअगाडि चलचित्र ‘गोलमाल अगेन र तान्हाजी’ले २ सय करोडको आँकडा पार गरेको थियो । बक्स अफिसमा यो चलचित्रले अझै केही करोड कमाउने पक्का छ । आउँदो शुक्रबार हलिउड चलचित्र ‘अवतार’ रिलिज हुने भएकाले पनि बक्स अफिसमा यसले असर गर्नेछ ।

चलचित्रको क्लाइमेक्सलाई दर्शकले अत्याधिक मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *