‘कान्तारा’ निर्देशक भन्छन्–‘बलिउडमा काम गर्ने सोच छैन’

२५ मंसिर २०७९ ६:५५

यो बर्ष विश्व बजारमा जसरी कन्नड चलचित्र ‘कान्तरा’ले धुम मच्चायो, यसले यो चलचित्रका निर्देशक तथा कलाकार रिषभ सेट्टीको चर्चा पनि खुबै बढायो । चलचित्रले विश्व बजारमा ४ सय करोड भन्दा बढीको कारोबार गर्यो ।

योसँगै उनको माग बलिउडमा पनि बढेको छ । यो चलचित्रकाले क्लाइमेक्स दृश्यले दर्शकलाई बारम्बार हल जान वाध्य बनाइदियो ।

यो चलचित्रले कर्नाटकको एक विशेष इलाकाको कथा उठान गरेको छ । यो चलचित्र चलेपछि अन्य साउथ स्टार जस्तै रिषभ पनि पेन इन्डिया चलचित्रमा काम गर्न चाहन्छन् भन्ने प्रश्न उठेको छ । यो बिषयमा उनी भन्छन्–‘मैले यो बिषयमा सोचेको नै छैन । मलाई अझै पनि कन्नड चलचित्रमा नै काम गर्नुपर्छ भन्ने लागेको छ । आज म मिडियामा आउनुको कारण कन्नड चलचित्र नै हो । कन्नड चलचित्रमा मलाई निक्कै नै राम्रो अवसर मिलिरहेको छ । म आजसम्म यहाँ पुगेको नै कन्नड चलचित्रका कारण नै हो ।’

रिषभले बलिउड चलचित्रमा काम मिलेपनि आफूले गर्न नचाहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *