फिल्ममा बोल्ड देखिने साम्राज्ञीको रहर कि वाध्यता ?

२५ मंसिर २०७९ ६:०९

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नयाँ चलचित्र ‘तिम्रो मेरो साथ’मा बोल्ड अवतारमा देखाइएको छ । सार्वजनिक एक गीतमा साम्राज्ञीको बोल्ड छविले दर्शकलाई भुतुक्कै बनाउन सक्छ ।

फिल्ममा बोल्ड अबतारमा देखिने गरेकी साम्राज्ञी यो आफ्नो रहर नभएको बताउँछिन् । उनले, आफूलाई मानिसले हेर्दा पनि त्यस्तो लाग्ने भएकाले बोल्ड अवतारमा देखाउन मेकर उद्धेलित भएको हुन सक्ने बताइन् । साम्राज्ञीले आफ्नो बोलीका कारण पनि यस्तो भएको हुनसक्ने तर्फ संकेत गरिन् ।


३ बर्षपछि चलचित्रको पर्दामा देखिन लागेकी यी नायिका आफू उत्साहित भएको बताउँछिन् । भनिन्–‘३ बर्षपछि हलमा छिर्दा रमाइलो अनुभुती भयो । म एकदमै उत्साहित छु । दर्शकका लागि नै हामीले चलचित्रमा मिहिनेत गरेका छौं । यसैले, पनि रमाइलो लागिरहेको छ ।’

पौषको २९ गतेबाट रिलिज हुने चलचित्रमा साम्राज्ञीले नायक पुष्प खड्काको जोडीको रुपमा काम गरेकी छिन् । रमेश एम के पौडेलले चलचित्रको निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *