१० लाख खर्च गर्दै दृश्य खिचेपछि सकियो ‘डिसेम्बर फल्स’को छायांकन

२५ मंसिर २०७९ ५:११

नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिकामा तयार भएको चलचित्र ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ । प्रविण झाको निर्देशनमा तयार भएको यो चलचित्रलाई रामप्रसाद रिजालले निर्देशन गरेका हुन् ।

यो चलचित्रको छायांकन शनिबार मात्र सकिएको छ । शनिबार हेलिकप्टर नै चार्टर गरेर यूनिट लाङटाङ पुगेको थियो । एक दिनका लागि १० लाख रुपैयाँ खर्च गरेको रामप्रसादले बताए । रामप्रसादले यो चलचित्रलाई उत्कृष्ट बनाउन आफूले कुनै पनि संझौता नगरेको तर्क गरे । आर्यन र उपासनालाई फिचरिङ गर्दै शनिबार दृश्य छायांकन गरेपछि सम्पूर्ण काम सकिएको रामप्रसादको भनाई छ ।

यो चलचित्र पौषको १५ गतेबाट देशभर रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रको टिजर र एउटा गीतलाई दर्शकले खुबै मन पराएका छन् । विगत डेढ महिनादेखि खडेरी लागेको नेपाली चलचित्रको बक्स अफिसलाई यो चलचित्रले उकास्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *