‘एनिमल’ खेल्न मुम्बई पुगेका विपिन रित्तो हात फर्किए

२२ मंसिर २०७९ १२:४९

नेपाली कलाकारको बलिउड सपना हो । यो सपना पुरा गर्नका लागि बलिउड जान चाहने कलाकारहरुको संख्या यहाँ कम छैन । तर, सफलता नगन्य मात्र छ । केही महिनादेखि नायक विपिन कार्कीले बलिउड चलचित्र ‘एनिमल’मा काम गर्ने खबर सार्वजनिक भएको थियो । चलचित्र ‘के घर के डेरा’को प्रचारका क्रममा पनि विपिनले बलिउड चलचित्रमा काम गर्न लागेको बताएका थिए ।

उनले, नेपाली चलचित्र ‘प्रसाद २’लाई बलिउड चलचित्रको छायांकन सकेपछि मात्र समय दिने बताएका थिए । तर, अब विपिनले बलिउड चलचित्रमा काम गर्ने वा नगर्ने नै पक्का भएको छैन ।

विपिन यो चलचित्रमा काम गर्ने भन्दै मुम्बई उडेका थिए । तर, उनी रित्तो हात फर्किएका छन् । आफ्नो सेड्यूल नै नआएपछि उनी नेपाल फर्किए ।

उनी, केही दिनमा नै चलचित्र ‘प्रसाद २’को छायांकन सुरु गर्ने तयारीमा छन् । विपिनले बलिउड चलचित्र छाडिसकेको त बताएका छैनन्, तर अब नेपाली चलचित्रमा नै केन्द्रित हुने बताएका छन् । उनले, मुम्बईले सम्पर्क गरेपछि मात्र काम गर्न जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *