सन्नी लियोनी र नोरा फतेहीसँग साम्राज्ञीको तुलना

२२ मंसिर २०७९ १२:४२

बिहिबार चलचित्र ‘तिम्रो मेरो साथ’मा समावेश ‘जोश छ जवानीको’ बोलको गीत सार्वजनिक गरियो । यो गीत सार्वजनिक भएसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नृत्यको खुबै प्रशंसा भयो ।

तर, एक पत्रकारले यो गीतमा समावेश डान्सका मुभहरुलाई सन्नी लियोनीको नृत्य रहेको ‘बेबी डल’सँग तुलाना गरे । तर, कोरियोग्राफर रामजी लामिछानेले यो कुरा अस्विकार गरे । उनले, आफ्नै सोचले नृत्यको मुभहरु तयार पारेको बताए ।
अर्का एक पत्रकारले भने साम्राज्ञीको जोश र स्टेपलाई बलिउड नायिका नोरा फतेहीसँग तुलाना गरे ।

नोराले गर्ने जस्तै जोश र स्टाइलमा साम्राज्ञीले नृत्य गरेको भन्दै उनले प्रशंसा गरे । यो कुराले भने साम्राज्ञीको अनुहारमा केही हदसम्म खुशी दिलायो ।

तर, जे भएपनि गीतमा साम्राज्ञीले देखाएको जोश र मिहिनेतको कदर गर्नैपर्छ । नृत्य गर्दा आफ्नो घुँडाको छाला गएको साम्राज्ञीले गुनासो गरिन् । पौष २९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *