बलिउडको सर्वाधिक सफल सिरिज ‘सिघंम’को तेश्रो भाग बन्दैछ । पहिलो र दोश्रो सिरिजले दर्शकको अत्याधिक माया पाएको थियो । पहिलो सिरिजमा नायिका काजल अग्रवाल देखिएकी थिइन् भने दोश्रोमा नायिका करिना कपुर देखिएकी थिइन् ।
डिसेम्बर २३ तारिखमा रिलिज हुन लागेको बलिउड चलचित्र ‘सर्कस’को प्रचारमा लागेका निर्देशक रोहित सेट्टीले तेश्रो सिरिजको घोषणा गरेका छन् । ‘सिघंम’को तेश्रो सिरिजमा नायिका दीपिका पादुकोणले काम गर्ने पक्का भएको छ ।
नायक अजय देवगण र नायिका दीपिका पादुकोणको एक्सनले तेश्रो सिरिजलाई अझै रोमान्चक बनाउने रोहितको विश्वास छ । रोहितको चलचित्र ‘सर्कस’को एक गीतमा दीपिकाले आइटम नृत्य समेत गरेकी छिन् ।