प्रभाषसँगको डेटबारे के भन्छिन् कृति ?

२१ मंसिर २०७९ १४:५५

बलिउड मिडियामा केही दिनदेखि नायिका कृति सेनन र साउथका सुपरस्टार प्रभाषको डेटिङको खबर आइरहेको छ । प्रभाष र कृतिले चलचित्र ‘आदिपुरुष’मा काम गरेका छन् । एक टेलिभिजन शोजमा चलचित्र ‘भेडिया’को प्रचार गर्न पुग्ने क्रममा नायक बरुण धवनले कृति र प्रभाषको प्रेमको केही संकेत दिएका थिए ।

यसपछि, मिडियामा प्रभाष र कृतिले डेट मात्र होइन बिहे नै गर्न लागेको खबर सार्वजनिक भएका छन् । यति मात्र होइन, प्रभाषले कृतिलाई कसरी प्रपोज गरेका थिए भन्ने खबर समेत सार्वजनिक भएको छ ।

यो बिषयमा मौनता तोड्दै कृतिले बिहेको र प्रेमको कुनै कुरा नै नभएको उल्लेख गरेकी छिन् । उनले सामाजिक संजालमा लेखेकी छिन्–‘न यो कुनै प्रेम हो या कुनै पीआर । यो रियालिटी शोबाट जन्मिएको हल्ला हो । हाम्रो भेडिया शोजमा पुग्ने क्रममा अली बढी नै जंगली भएका थिए । मेरो बारेमा कुनै खबर लेख्नु अगाडि मलाई स्पष्ट पार्न दिनुहोला ।’

कृतिले प्रभाषसँग प्रेम नभएको स्पष्ट पारेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *