आश्मा–संयमको बिहे पार्टीमा विपिनसँगै पुगिन् पूजा

२१ मंसिर २०७९ १४:३८

नायक सलोन बस्नेतको बिहेमा सहभागी भएकी नायिका पूजा शर्मा फेरि अर्का एक फिल्मी जोडीको बिहे पार्टीमा पुगेकी छिन् । आज नर्लिङ्ग रिसोर्टमा राखिएको नायक संयम पुरी र नायिका आश्मा डीसीको बिहे पार्टीमा पुगेकी नायिका पूजा शर्मा सारीमा निक्कै आकर्षक देखिएकी थिइन् ।

संयम र आश्माको बिहे पार्टीमा मिडियालाई निमन्त्रणा गरिएको थिएन । यस्तै, फिल्मीकर्मीहरु पनि सिमितलाई मात्र बोलाइएको थियो । बिहे पार्टीमा नायिका नम्रता श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी लगायत पनि पुगेका थिए ।
निर्देशक नारायण पुरीका छोरा संयम र गोपिकृष्ण मुभिजका म्यानेजर प्रदीप दाहालकी छोरी आश्मा डीसी बिगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरु केही बर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *