हलमा दर्शक फर्काउन ‘डिसेम्बर फल्स’ कुर्दै प्रदर्शक

२१ मंसिर २०७९ १०:५६

‘महापुरुष’ चलेपछि खडेरी लागेको नेपाली चलचित्रको बक्स अफिस अब कहिले चलायमान होला भन्ने प्रतिक्षा सबैमा छ । डिसेम्बर १६ मा रिलिज हुने हलिउड चलचित्र ‘अवतार २’ र डिसेम्बर २३ मा रिलिज हुने बलिउड चलचित्र ‘सर्कस’ले हलमा दर्शकको भीड बढाउने अपेक्षा गरिएको छ ।

तर, कुन नेपाली चलचित्रबाट दर्शक हलमा फर्किएलान् भन्ने प्रतिक्षा भने सबैमा छ । यसैबिच, धेरै प्रदर्शक, मेकर र दर्शकको नजर भने नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीले अभिनय गरेको चलचित्र ‘डिसेम्बर फल्स’माथि अड्किएको छ ।

एकातिर बलियो स्टारकास्ट, अर्कोतिर बलियो मेकिङका कारण पनि यो चलचित्र चल्नेमा प्रदर्शक विश्वस्त छन् । यो चलचित्रको टिजर र गीतले दर्शकको माया पाइसकेको छ । केही दिनमा नै निर्माणपक्ष ट्रेलर सार्वजनिक गर्ने तयारीमा छन् ।

प्रविण झाको निर्देशनमा तयार भएको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । चलचित्रको ‘फकाउनै जानिन’ बोलको गीतले १० लाख बढी भ्यूज पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *