आमा बनेको एक महिना मै योगा धाउँदै आलिया भट्ट

२१ मंसिर २०७९ १०:३०

बलिउड नायिकाहरु आमा बनेपछि आफूलाई केही महिनामा नै फिट बनाउँछन् । नायिका आलिया भट्टले नोभेम्बर ६ तारिखमा छोरीलाई जन्म दिइन् । छोरीलाई जन्म दिएको एक महिना नवित्दै आलिया योगा धाउन थालेकी छिन् ।

भारतीय मिडियाले आलियालाई योगा क्लास बाहिर भेटेका छन् । आलियालाई एक महिनापछि मिडियामा देख्दा उनका फ्यान खुशी देखिएका छन् । आलिया र रणवीर कपुरले छोरीको नाम राहा कपुर राखेका छन् । आलियाका अनुसार, उनकी सासु आमा नीतु कपुरले यो नाम राखेकी हुन् ।

आलियाले छोरीलाई जन्म दिनु भन्दा केही महिना अगाडिबाट काम छाडेकी थिइन् । उनी, अब चाडै नै काममा फर्किन चाहन्छिन् । यसैले, पनि उनले आफूलाई फिट देखाउन योगा क्लास धाउन थालेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *