११९ करोडको घरमा सिफ्ट हुँदै दीपिका र रणवीर

२१ मंसिर २०७९ १०:२२

बलिउडको सर्वाधिक चर्चित जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह एक महंगो घरमा सिफ्ट हुने भएका छन् । भारतीय मिडियाका अनुसार, उनीहरु दुइले मिलेर किनेको नयाँ घरमा केही समय भित्र नै सिफ्ट हुने तयारीमा छन् ।

यो घरको मुल्य ११९ करोड बताइएको छ । रणवीरले पनि केही समय अगाडि चाडै नै नयाँ घरमा सिफ्ट हुने बताएका थिए ।

रणवीरले भनेका छन्–‘दीपिका र मैले नयाँ घर किनेका छौं । बिहेपछि म उनको घरमा बस्न गएको थिएँ । तर, अब हामीले नयाँ घर किनेका छौं र चाडै नै त्यसमा सर्दैछौ ।’ दीपिका र रणवीरले यो घर शहर भन्दा बाहिर लिएको बताएका छन् । शान्त रुपमा बस्नका लागि शहर बाहिर घर किनेको उनीहरुले बताएका छन् । काममा व्यस्त हुँदा एक अर्कालाई समय दिन नसकेकाले शहर बाहिर शान्त ठाउँमा घर किनेको रणवीरले बताएका छन् ।

दीपिकाले नयाँ घरलाई निक्कै मिहिनेत गरेर सजाएको पनि रणवीरले बताएका छन् । दीपिका घरमा निक्कै रमाउने रणवीरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *