‘झिँगेदाउ २’को तयारीमा ज्ञानेन्द्र, केकी र आँचल नै दोहोरिने

२१ मंसिर २०७९ १०:१२

यो बर्षको हिट चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बनाउने तयारीमा यसका निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा लागेका छन् । यो बर्ष राम्रै नाफा कमाएपछि देउजाले हिट चलचित्रको सिक्वेलको तयारी गरेका हुन् । अर्को बर्षबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको कथा महेश दवाडीले लेखिरहेका छन् ।

चलचित्रको सिरिजलाई अझ ठूलो लगानीमा बनाउने र गाउँले परिवेश नै भन्ने तयारी देउजाको छ । यो चलचित्र सिक्वेल भएका कारण पनि नायिकाहरु केकी अधिकारी, आँचल शर्मा नै दोहोरिनेछन् । अन्य कलाकारको बिषयमा अहिले नै फाइनल नगरिएको देउजा बताउँछन् ।

यसैबिच, देउजा भने यतिबेला निर्माता छविराज ओझाको नयाँ चलचित्र ‘जेल ब्रेकर’ बनाउने तयारीमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *