मुम्बइमा ‘ह्यारी कि प्यारी’

२१ मंसिर २०७९ ७:३४

माघको २० गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को पोष्ट प्रोडक्शनको काम केही सातादेखि मुम्बइको प्रसिद्ध प्राइम फोकस स्टूडियोमा भैरहेको छ । डाक्टर कपिल रिजालले निर्देशन गरेको यो चलचित्रको आउटपुट राम्रो निकाल्न यसका मेकर मुम्बई पुगेका हुन् ।

यो स्टूडियोमा ‘ओम शान्ती ओम, मेरी कोम, पा, गुरु, गजनी, एक भिलेन, कयामत, धडक, गुड न्यूज’ जस्ता चलचित्रको पोष्ट प्रोडक्शनको काम भएको थियो ।

पोष्ट प्रोडक्शन चलिरहँदा यसका मुख्य कलाकार जितु नेपाल मुम्बई पुगेर फर्किए । उनले, स्टूडियोमा नेपाली कलाकारलाई दिइएको सम्मानले आफू प्रभुल्ल भएको बताए । चलचित्रको ब्याकग्राउन्ड दिएका बापीले यो चलचित्रको संगीत दिन मज्जा आएको बताए । उनले, भावनात्मक रुपमा मेकरले चलचित्र बनाएको भन्दै नेपाल चलचित्रको मर्म अनुसार आफूले व्याकग्राउन्ड म्यूजिक दिएको बताए ।

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेको यो चलचित्रमा बिजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई लगायतको पनि मुख्य भूमिका छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको प्रचार सामाग्री केही दिामा नै सार्वजनिक गर्ने तयारी मेकरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *