‘डेसान’ बारे नम्रताको तर्क–‘हेर्दा हिन्दी फिल्मको कपी जस्तो लाग्दैन’(भिडियो)

२० मंसिर २०७९ ७:४२

नायिका नम्रता सापकोटा विवादित बयान दिन माहिर छिन् । उनी, मिडिया अन्तरवार्तामा कुनै न कुनै बयान दिएर बिबादमा आइरहन्छिन् ।

उनै, नम्रताले मंसिर २३ गतेबाट रिलिज हुन लागेको आफ्नो नयाँ चलचित्र ‘डेसान’को बिषयमा मिडियासँग कुराकानी गर्दै नयाँ बयान दिएकी छिन् । उनले भनिन्–‘हाम्रो चलचित्र अर्गानिक छ । कुनै हिन्दी चलचित्रको कपी जस्तो लाग्दैन । हेर्दै जादा कहाँ हेर्या कहाँ हेर्या भनेर सोच्यो अनी कुछ कुछ होता हे सँग मिलेको जस्तो हाम्रो चलचित्र लाग्दैन ।’

नम्रताले यो चलचित्रको कथा कहिले पनि पुरानो नहुने तर्क गरिन् । सामाजिक कथावस्तुमा निर्माण भएको यो चलचित्रले समाजमा बढ्दै गएको विकृतीको महामारीलाई भन्ने उनको भनाई छ ।

यस्तै, चलचित्रका अर्का कलाकार भोलाराज सापकोटाले पनि यो चलचित्रले समाजमा देखेर पनि नदेखिएको जस्तो गरिएको कथा भन्ने सुनाए । उनले, व्यापारिक रुपमा पनि यो चलचित्र सफल हुनेमा आशावादी रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *