सारीमा खुलेकी स्वस्तिमा

२० मंसिर २०७९ ६:०६

नेपाली चलचित्रका नायिकाहरुले सारीमा खासै देख्न पाइदैन । सार्वजनिक कार्यक्रममा वान पिस वा लेहेङ्गमा नायिकाहरु पुग्ने गर्छन् । तर, मंसिर महिनामा केही कलाकारहरुले बिहे गरिरहँदा नायिकाहरुको सारी मोह पनि छर्लङ्गै देखिन थालेको छ ।

नायक संयम पुरी र नायिका आश्मा डीसीको बिहेमा नायिका स्वस्तिमा खड्काको सारी मोह खुबै देखियो । सारीमा स्वस्तिमा धपक्कै बलेकी छिन् । कहि चश्मा लगाएर त कही चश्माविना उनले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरले पनि सारीमा छल्किएको उनको सुन्दरता बयान गर्छ ।

कामको कुरा गर्दा स्वस्तिमाले ‘चिसो मान्छे’ रिलिजपछि नयाँ चलचित्र साइन गरेकी छैनन् । उनले आफ्नै श्रीमान् निश्चल बस्नेतको चलचित्रमा काम गर्ने चर्चा समेत चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *