‘चि मुसी चि’को डरलाग्दो मोसन पोष्टर

२० मंसिर २०७९ ६:०१

नेपालमा हरर चलचित्रहरुले दर्शकको मन जित्न सकेका छैनन् । हरर चलचित्र भनेर बनाएपनि दर्शकले भने ती चलचित्र हेरेर खासै मनोरञ्जन लिन सकेको पाइदैन । यसैबिच, पौषको २२ गतेबाट चलचित्र ‘चि मुसी चि’ रिलिज हुँदैछ । यो चलचित्रले भने दर्शकलाई नयाँ छाप छाड्ने विश्वास निर्माताको छ ।

सुरुवातमा यो चलचित्रलाई पौषको १५ गतेबाट रिलिज गर्ने तय गरिएको थियो । तर, यही मितिमा चलचित्र ‘डिसेम्बर फल्स’ पनि रिलिज हुने भएकाले एकसाथ २ चलचित्र नजुध्ने भन्दै हरर चलचित्रका निर्माता पछि सरेका हुन् ।

यो चलचित्रको मोसन पोष्टरमा मुख्य कलाकारहरु प्रियंका कार्की, बेनिशा हमाल, ऋचा शर्मा, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई देखाइएको छ । मोसन पोष्टरमा समावेश गरिएको पाश्र्व संगीत र आवाजले दर्शकमा उत्सुकता र डर पैदा गरेको छ । मर्ण जेम्स र यश सैनीले निर्देशन गरेको यो फिल्ममा अरुण चक्रावर्ती र रिञ्जु केसीको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *