अमेरिकामा भव्य रुपमा आयोजना हुँदैछ नेफ्टा अवार्ड

१९ मंसिर २०७९ ५:४६

नेपालमा बर्षेनी थुप्रै अवार्ड हुन्छन् । तर, निक्कै कम अवार्डले मात्र दर्शक र चलचित्रकर्मीको साथ र विश्वास पाएका छन् । यही भिडियामा ‘नेफ्टा फिल्म अवार्ड’को पहिचान भिन्न छ । यो नेपालके सर्वाधिक प्रतिष्ठित अवार्ड हो । यअसघि ४ संकरण विदेशमा गरेको नेफ्टाले ११ औं संकरणलाई सपनाको देश अमेरिकामा गर्ने भएको छ ।

अमेरिकाको टेक्ससमा आगामी जेठ १३ गते अर्थात मे २७ तारिखमा अवार्ड आयोजना हुन लागेको हो । यो अवार्डका लागि यसपटक प्राविधिक संघसँग अमेरिकाबाट संचालित संचार गृह यूएस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ८८४८ मिडिया र आर्यन फिल्मस् अमेरिका मुख्य आयोजकको रुपमा जोडिएको आयोजक सन्देश उप्रेतीले जानकारी दिएका छन् ।

नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार बिस्तार तथा नेपाली चलचित्र र चलचित्रकर्मीको प्रवद्र्धनात्मक विकासका उद्देश्यले आयोजना हुँदै आएको यो अवार्ड यसपटक नेपाल र अमेरिकाबिचको ७५ बर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन, डायस्पोरामा नेपाली फिल्म संकृति र बजारको खोजी गर्न र नेपाललाई अमेरिकी चलचित्र छायांकनको गन्तव्यको रुपमा विकास गर्न महत्वपूर्ण साबित हुने आयोजक मध्येका एक फेम नेपालका अध्यक्ष बिमल कुमार पछाइले बताएका छन् ।

११ औं संस्करणको अवार्ड समारोहसँग सहकार्य गर्दै यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका महासचिव ओम आचार्यले आफ्नै पृथक अस्तित्व बोकेको नेपाली फिल्म क्षेत्र र नेपाली कलाकर्मीको पहिचान स्थापनार्थ अन्तरराष्ट्रिय कला संबद्ध प्रवद्धनात्मक प्रयास स्वरुप नेफ्टासँग अवार्डका लागि सहकार्य गरेको बताए ।

नेफ्टाले आउँदो बर्ष आयोजना हुने अवार्डमा यो बर्ष रिलिज भएका र हुन बाँकी फिल्महरुलाई सहभागी गराएर अवार्ड वितरण गर्ने अध्यक्ष पुस्कर लामाले बताए ।

यस्तै, यूएस खबरका प्रधान सम्पादक किशन रेग्मीले यो बिषयमा जानकारी दिन डिसेम्बर ७ मा फिल्मीकर्मी, आयोजक र संचारकर्मीसहित जुम बैठकको आयोजना गरिएको पनि जानकारी दिएका छन् । नेफ्टाले यसपटक ४२ विधामा अवार्ड वितरण गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *