सलोनको बिहेको भिडियो एमजीसहित १० लाखमा बिक्री

१८ मंसिर २०७९ ११:१२

नायक सलोन बस्नेत र उनका पिता शोभित बस्नेत चलचित्र बनाउन मात्र होइन, मार्केटिङ गर्न पनि माहिर छन् । यसैले, त नेपाली चलचित्रका सेलिब्रिटीहरुले भन्दा तरिकाले सलोन र करिश्मा केसीको बिहेको भिडियोको डिजिटल राइट्स बिक्री गरिएको छ ।

शोभित र सलोनले ओएसआर डिजिटललाई ४ वटा भिडियो बिक्री गरेका छन् । जसमा, सलोन र करिश्माको ‘राजा रानी’ बोलको गीतको भिडियो छ । यस्तै, सलोन र करिश्माको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियो १० लाख रुपैयाँमा एमजी गरेर बिक्री गरिएको शोभित बस्नेतले बताएका छन् ।

शोभितका अनुसार, ओएसआरले उनीहरुलाई ४ वटा भिडियोको अधिकार लिए वापत १० लाख रुपैयाँ दिएको छ । अब, यो रकम उठेपछि भने सलोनले ७० र ओएसआरले ३० प्रतिशत शेयर पाउनेछन् ।

नेपाली कलाकारहरुले आफ्नो बिहेको भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै आएका छन् । तर, सलोन र करिश्माले भने डिजिटल राइट्स नै बिक्री गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *