नायक अनमोल केसी चलचित्र ‘छड्के २’मा काम गरिरहेका छन् । यो चलचित्रको छायांकन सुरु भएको केही महिना भएपनि अझै सकिएको छैन ।
तर, चलचित्रको छायांकनका क्रममा यसका दृश्यहरु भने लिक भैरहेका छन् । विशेषगरि, अनमोलको गेटअप, उनको भूमिका समेत सार्वजनिक भैसकेको छ । यसैबिच, केही दिनदेखि अनमोलको यो चलचित्रको क्लाइमेक्सको दृश्य समेत लिक भैसकेको छ । जसले, चलचित्रको क्लाइमेक्समा के हुन्छ र अनमोलले किन बदला लिन्छन् भन्ने समेत खुलेको छ ।
प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानी रहेको यो चलचित्रमा रविन तामाङको पनि अभिनय छ । चलचित्रको दृश्य लिक भएपनि यसको निर्माणटिमले यसलाई रोक्न कुनै त्यस्तो कदम चालेको छैन । यो चलचित्र फागुणको १९ गतेबाट रिलिज हुँदैछ ।