सलोनलाई जुम्ल्याहाको चाहना, करिश्माले फिल्म नखेल्ने

१८ मंसिर २०७९ १०:५३

नायक सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग सोमबार बिहे गरे । बैबाहिक जीवनमा बाँधिएको एक सातापछि करिश्मा र सलोनले ‘राजा रानी’ बोलको गीत सार्वजनिक गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा आमेष भण्डारीको शब्द, संगीत र स्वरमा समावेश यो गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा सलोन र करिश्माका बिहेका दृश्यहरु नै समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै सलोनले आफूलाई त जुम्ल्याहा बच्चाको चाहना भएको सुनाए । सलोनले यसो भन्दै गर्दा करिश्मा लजाएकी थिइन् । करिश्माले भने आफूलाई चलचित्रमा काम गर्ने कुनै चाहना नभएको स्पष्ट पारिन् । आफू एयर होस्टेज भएका कारण पनि चलचित्रमा आउने कुनै चाहना नभएको र समय पनि नहुने उनले बताइन् ।

सलोन र करिश्माले बैबाहिक जीवनमा आफूहरुलाई अत्याधिक धेरै माया दिएको भन्दै सबैलाई शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *