प्रिती र दामोदरको ‘चौरी गाईको घिउ’ सार्वजनिक

१६ मंसिर २०७९ ११:३१

गायक दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिऊले सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच गीतको प्रिमियर गरी सार्वजनिक गरिएको हो ।

गीतमा दामोदरकै शब्द र संगीत रहेको छ । गीतमा संगीत संयोजन कृष्ण बिक (भान्जा)ले गरेका छन् भने कुमार रानाले मिक्सिंग गरेका छन् । गीतको भिडियोमा चार कलाकारको अभिनय देख्न सकिन्छ । लोमस शर्मा, बिजय पुन, रुबिना अधिकारी र जुनु एस.डीले भिडियोमा अभिनय गरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफि तथा निर्देशन गरेका छन् ।

भिडियोका निर्देशक काजिशले भिडियो राम्रो बनाउनका लागी आफ्नो टिमले निकै मिहिनत गरेको बताए । उनले कलाकार देखी आफ्नो प्रोडक्सन टिमको मिहिनतका कारण भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । साथै कलाकारहरुले पनि दर्शकलाई अवश्य मन पर्ने भन्दै प्रतिक्रियाको अपेक्षा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *