बैबाहिक जीवनमा बाँधिए आश्मा र संयम

१६ मंसिर २०७९ ११:२५

विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नायिका आश्मा डीसी र नायक संयम पुरीले आज बिबाह गरेका छन् । काठमाडौंको हायात होटलमा उनीहरुले आफन्त, साथीभाई र केही चलचित्रकर्मीको उपस्थितीमा बिहे गरेका हुन् ।

आश्मा र संयम विगत केही बर्षदेखि अमेरिकामा रहँदै आएका छन् । अमेरिकामा रहेका उनीहरुले नेपाल आएर बिहे गरेका हुन् ।

नेपाली परम्परा अनुसार बिबाह गरिएको हो । संयम निर्देशक नारायण पुरीका छोरा हुन् । आश्मा र संयमले प्रेम सम्बन्धमा रहेको कुरा कुनै पनि दिन लुकाएका थिएनन् ।

संयमले नेपाली चलचित्र क्षेत्रमा ‘सायद’ जस्तो हिट चलचित्र दिएका छन् । यस्तै, आश्माले पनि संयमसँग ‘आभाष’ नामक चलचित्रमा काम गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *