‘गुञ्जन’को ‘सास चल्छ’ गीतमा रोमान्टिक सारा र प्रितम

१६ मंसिर २०७९ ११:१९

पौषको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गुञ्जन’को पहिलो गीत सार्वजनिक भएको छ । यो चलचित्रको ‘सास चल्छ’ बोलको गीत आज सार्वजनिक गरिएको हो । प्रविशा अधिकारी र आरिफ रफको स्वरमा समावेश गीतमा करणराज कार्कीको संगीत, सन्तोष पोखरेलको शब्द छ ।

सार्वजनिक रोमान्टिक गीतमा चलचित्रका मुख्य २ कलाकार सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स हेर्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमासारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । यो चलचित्रबाट अष्टले निर्देशनमा डेब्यू गरेका छन् भने प्रितमराज पनि यही चलचित्रबाट नायकको रुपमा उदाउँदैछन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

विशुद्ध प्रेमकथामा निर्माण भएको चलचित्रलाई काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको हो । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *