रिलिज भयो ‘पासो’, रिस्ताको कामको प्रशंसा

१६ मंसिर २०७९ ११:०७

आजबाट नयाँ नेपाली फिल्म ‘पासो’ रिलिज भएको छ । आर.बी पुनको निर्देशनमा तयार भएको यो फिल्ममा भगवान् भुजेलको लगानी छ । डेढ घन्टा लामो फिल्मले एउटा बक्सा भित्र थुनिएकी यूवतीले आफूलाई कसरी त्यहाँबाट बाहिर निकाल्छिन् भन्ने कथालाई उठाएको छ । फिल्मले आफ्नो यौन इच्छा पुरा गर्न यूवती अपहरण गर्ने गिरोह र भ्रष्ट प्रहरी अफिसर्सको कथा समेत भनेको छ ।

यो फिल्मको पुरा अवधी नायिका रिस्ता बस्नेतको वरिपरी घुमेको छ । अर्की कलाकार सुनिशा बजगाँइले रिस्तालाई साथीको रुपमा साथ दिएकी छिन् ।

फिल्ममा रिस्ताले राम्रो काम गरेकी छिन् । फिल्ममा उनको मिहिनेत प्रष्ट झल्किन्छ । १३ दिनमा कोरोना कालको समयमा खिचिएका कारण पनि फिल्ममा आउटडोरको दृश्य खासै हेर्न पाइदैन । फिल्म ‘पासो’ले रिस्तालाई उत्कृष्ट कलाकारको रुपमा चित्रित गराउने पक्का छ ।

नेपाली फिल्ममा फरक कथा हेर्न रुचाउने दर्शकका लागि ‘पासो’ उपयुक्त हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *