सलोन र करिश्मा भन्छन्–‘बिहेमा मज्जा आउने रहेछ’(भिडियोसहित)

१५ मंसिर २०७९ ५:२२

नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले बुधबार बिहेको भव्य पार्टी आयोजना गरे । काठमाडौंको हायात प्यालेसमा आयोजित पार्टीमा ७ सय भन्दा बढी अतिथी पुगेका थिए । यसमा पनि चलचित्र क्षेत्रका अधिकांश कलाकारले सलोनको पार्टीमा उपस्थिती जनाए ।

बिहेपछि निक्कै खुशी देखिएका सलोनले करिश्माको साथले आफूलाई झनै उर्जा मिलेको बताए । अपूर्ण रहेको आफूलाई पूर्ण बनाएको भन्दै उनले करिश्मालाई धन्यवाद दिए ।

करिश्माले पनि बिहेमा निक्कै मज्जा आउने बताउँदै रमाइलो भएको बताइन् । सलोनले भने–‘बिहे अगाडि मलाई धेरैले डर देखाएका थिए । तर, बिहेपछि थाहा भयो, मज्जा आउने रहेछ । जब सफा मन र खुशी भएर कसैलाई साथ दिइन्छ, रमाइलो हुन्छ ।’

करिश्माले बस्नेत परिवारलाई आफूले सधै नै एक बनाएर राख्ने वाचा गरिन् । यस्तै, सलोनले पनि करिश्मा बस्नेत परिवारमा आएपछि आफूहरुको परिवार झनै बलियो भएको बताए ।

४ बर्ष लामो प्रेम सम्बन्धलाई सलोन र करिश्माले बैबाहिक जीवनमा परिणत गरेका हुन् । सलोनले अब आफूले चलचित्रको काम गर्ने बताए । यस्तै, करिश्माले पनि एयरहोस्टेज पेशालाई नै अगाढि बढाउने बताइन् । दुबै जनाले हनिमुनको योजना अहिलेसम्म नबनाएको बताए । बच्चाको बिषयमा त केही पनि नसोचेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *