सलोनको बिहे पार्टीमा पूजासँग पुगे युद्ध, तर मिडियासँग बोल्न मानेनन्

१५ मंसिर २०७९ ४:४३

नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले सोमबार धुमधामसँग बिहे गरे । यो जोडीले बुधबार बेलुकी काठमाडौंको हायात प्यालेसमा चलचित्र क्षेत्र र आफन्तहरुलाई बोलाएर भव्य पार्टी दिएको छ ।

सो पार्टीमा चलचित्र क्षेत्रका अधिकांश मानिसहरु पुगेका थिए । पार्टीमा नायिका पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसँग करिब ८ बजेतिर मात्र पुगिन् । युद्धसँग हट बनेर पुगेकी पूजाले मिडियाको अगाडि भने युद्धलाई फेस गर्न लगाइनन् ।

युद्ध र पूजा एकसाथ आएपनि मिडियामा भने पूजाले मात्र कुरा गरिन् । उनले, युद्धलाई अहिले नै मिडियामा ल्याउने समय नभएको बताइन् । हरेक कुराको सही समय आउने उनको भनाई थियो ।

पूजाले युद्धसँग अहिले आफ्नो डेटिङको समय नभएको समेत प्रष्ट पारिन् । पूजा र युद्ध मिलेर ललितपुरको झम्सिखेलमा करोड बढी लगानीमा रेष्टुरेन्ट खोल्दैछन् । उनीहरु, यसमै व्यस्त छन् ।

पूजाले बिहेको बिषयमा पनि अहिले केही नसोचेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *