सलोनको बिहेमा छल्किएको पूजा र वर्षाको मित्रता

१३ मंसिर २०७९ ७:४७

नायक सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग सोमबार बिहे गरे । सोमबारको बिहे समारोहमा नायिका पूजा शर्मा र वर्षा राउतविचको मित्रता गज्जबको देखियो । वर्षा र पूजा एकसाथ बिहे समारोहमा नपुगेपनि उनीहरु एकसाथ फर्किएका थिए । वर्षा र पूजाले हाम्रो सिनेमाको क्यामेरामा पोज पोजमा तस्वीर खिचाए ।

वर्षा र पूजाले आजसम्म एकसाथ चलचित्रमा काम भने गरेका छैनन् । तर, उनीहरुबिचको मित्रता भने लामो समयदेखि कायम छ । पूजा र वर्षाको कुनै नराम्रो खबर चलचित्र बृत्तमा चल्दा पनि उनीहरुले एक अर्कालाई संझाउने गर्छन् ।

पूजा र वर्षाबिच चलचित्र क्षेत्रका थुप्रै बिषयलाई लिएर पनि लामो समयसम्म गफगाफ गरेका थिए । आफ्ना श्रीमान् संजोग कोइरालासँग पुगेकी वर्षा संजोग चाडै निस्किएपछि पूजासँग नै बसेकी थिइन् ।

तस्वीरः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *