आर्यनले उपासनालाई फकाउनै जानेनन्

१३ मंसिर २०७९ ७:२५

आम दर्शक र मिडियाकर्मीको नजर पौष १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘डिसेम्बर फल्स’ माथि छ । उच्च मेकिङ, स्टार कलाकार रहेको यो चलचित्रको कथावस्तु पनि गज्जबको रहेको मेकरले दाबी गर्दै आएका छन् ।

यसैबिच, यो चलचित्रको टिजरपछि पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्य कलाकारद्धय आर्यन सिग्देल र उपासना सिंह ठकुरीको रोमान्टिक लोकलयको गीत सार्वजनिक गरिएको हो ।

‘फकाउनै जानीन’ बोलको गीतमा दीपक शर्माको शब्द तथा संगीत, मेलिना राई र निशान भट्टराइको स्वर छ । महंगो खर्च गरेर तयार पारिएको गीतको भिडियो आकर्षक छ । कोरियोग्राफर रामजी लामिछानेले भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

चलचित्रमा आर्यन र उपासनाको अलवा शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राना, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ । प्रविण झाको निर्देशनमा तयार भएको चलचित्रमा महेश गुप्ताको छायांकन छ । चलचित्रमा लक्ष्मण रिजाल र अशिम काफ्ले कार्यकारी निर्माता, राजकुमार भट्ट निर्माताकोरुपमा छन् ।

विपिका खनालको कथामा तयार भएको चलचित्रमा श्री श्रेष्ठको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन छ । यो चलचित्रले नेपाली बक्स अफिसलाई तताउने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *