जब बिहेमा सलोनलाई अनमोलले जुरुक्कै बोके(भिडियोसहित)

१२ मंसिर २०७९ १५:५३

सार्वजनिक कार्यक्रम, चलचित्र क्षेत्रका कोही कलाकारको बिहेमा समेत नपुग्ने नायक अनमोल केसी आज नायक सलोन बस्नेतको बिहेमा भने सहभागी भए । काठमाडौं भन्दा केही पर चन्द्रागिरीमा आयोजना गरिएको बिहे समारोहमा नायक अनमोल केसी, उनका पिता भूवन केसी पुगेका थिए ।

अनमोल बिहे समारोहमा पुग्दा उनीसँग तस्वीर खिच्न फ्यानहरुको भीड नै लागेको थियो । अनमोलले भने सलोनसँग अंकमाल गरे । यस्तै, करिश्मालाई नमस्कार गर्दै अंकमाल गरे । यसपछि, अनमोलले सलोनलाई जुरुक्कै उचालेका थिए ।

अनमोल र सलोनले एकसाथ थुप्रै चलचित्रमा अभिनय गरेका थिए । यी दुइले डेब्यू चलचित्र ‘होस्टेल’मा एकसाथ काम गरेका थिए । यसपछि, यी दुइले ‘गाजलु, ए मेरो हजुर २, ए मेरो हजुर ३’ लगायतमा काम गरेका छन् । यसकारण, पनि आफ्नो प्रिय साथीको बिहेमा सहभागी हुन अनमोल चन्द्रागिरी पुगेका हुन् ।

अनमोल हाल चलचित्र ‘छड्के २’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन चलिरहँदा अनमोलले भने आज साथीको बिहेका लागि समय छुट्याए । अनमोल करिब २ घन्टा सलोनको बिहेमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *