सलोन र करिश्माको बिबाह

१२ मंसिर २०७९ १५:३०

नायक सलोन बस्नेतले आफ्नी प्रेमिका करिश्मा केसीसँग चन्द्रागिरीमा आज बिहे गरे । बिहानैबाट सुरु भएको बैबाहिक कार्यक्रम बेलुकीसम्म चलेको थियो ।

बैबाहिक समारोहमा चलचित्र क्षेत्रका केही हस्तीहरु पुगेका थिए । सलोनका निकटका साथीहरु अनमोल केसी, सलिमान बनियाँ, आमेष भण्डारीदेखि नायिकाहरु पूजा शर्मा, वर्षा सिवाकोटी बैबाहिक समारोहमा देखिए ।

सलोन र करिश्मा केही बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको मंसिर १० गते मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो ।

बैबाहिक समारोहमा सलोन र करिश्मा निक्कै खुशी देखिए । बिदाइको पलमा भने करिश्मा केही समय भावूक बनिन् । उनलाई उनका भाइले बोकेरै केबुलकारसम्म पुर्याएका थिए । सलोन र करिश्माले अब मंसिरको १४ गते काठमाडौंको हायात प्यालेसमा भव्य बिहे पार्टीको आयोजना गर्दैछन् । बिहे पार्टीमा ७ सय भन्दा बढी अतिथीहरुलाई बोलाइएको छ ।

तस्वीर र भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *