नवौं दिनमा ‘दृश्यम २’ले १४ करोड कमाउँदा ‘भेडिया’ले कमायो ९ करोड

११ मंसिर २०७९ १२:०८

दोश्रो साताको शनिबार अजय देवगण अभिनित चलचित्र ‘दृश्यम २’ले बक्स अफिसमा रेकडतोर्ड कमाई गरिरहेको छ । यो चलचित्रले दोश्रो साताको शनिबार बक्स अफिसमा १४.०५ करोडको कमाई गर्यो । दर्शकको उच्च वर्ड अफ माउथका कारण यो चलचित्रले दोश्रो सातामो पनि बम्पर व्यापार गरिरहेको हो ।

योसँगै चलचित्रले नवौं दिनमा १२६ करोडको कमाई गरेको छ । यो चलचित्रले दोश्रो साताको शुक्रबार ७.८७ करोडको कमाई गरेको थियो ।

यो चलचित्रका कारण नायक बरुण धवन र नायिका कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘भेडिया’को व्यापारमा ठूलो असर गरेको छ । ‘भेडिया’ले रिलिजको दोश्रो दिन ९.५७ करोडको कमाई गर्यो । पहिलो दिन यो चलचित्रको व्यापार ७.४८ करोड थियो ।

चलचित्रले २ दिनमा १७ करोडको व्यापार गरेको छ । चलचित्रलाई समीक्षक र दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *