सुहानाको ‘भगवत् गीता’का लागि नायकको खोजी

११ मंसिर २०७९ १२:००

नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’का लागि नायक र एक बाल कलाकारको खोजी गरिएको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । सुनिल कुमार थापाको निर्माणमा तयार हुने चलचित्रका लागि नायक र बाल कलाकारको खोजी गर्दै आज निर्माणपक्षले अडिसन आह्वान गरेको हो ।

यो चलचित्रको छायांकन मंसिरको ९ गतेबाट सुरु गर्ने तयारी यसको निर्माणपक्षको थियो । तर, नायक पक्का नहुँदा काम अगाडि बढ्न सकेको छैन । चलचित्रलाई मंसिर र फागुणमा छायांकन गर्ने तयारी गरिएको छ । सुरुवातमा जनकपुरमा छायांकन हुनेछ भने फागुणमा दार्चुलामा चलचित्र खिचिनेछ ।

२० देखि २५ बर्ष उमेरका नायक र ८ देखि १० बर्ष उमेरका बालकको लागि अडिसन आह्वान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *