‘डिसेम्बर फल्स’को टिजरलाई उत्कृष्ट प्रतिक्रिया, आर्यनबाट दर्शकलाई उच्च अपेक्षा

१० मंसिर २०७९ ८:०८

प्रविण झाको निर्देशनमा तयार भएको चलचित्र ‘डिसेम्बर फल्स’को टिजरले युट्युबमा करिब ६ लाख भ्यूज पाएको छ । करिब ६ लाख भ्यूज पाएको चलचित्रको टिजरमा दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

केही बर्षदेखि बक्स अफिसमा कमजोर देखिएका नायक आर्यन सिग्देल यो चलचित्रबाट फेरि उदाउने अपेक्षा दर्शकको छ ।

आफ्नी प्रेमिकाका लागि आर्यनले गरेको लडाईलाई टिजरमा देखाइएको छ । रामप्रसाद रिजालको निर्माणमा तयार भएको चलचित्रको मेकिङ पनि उच्च छ ।

चलचित्रको यो टिजरले दर्शकको साथ पाइरहँदा निर्माणपक्ष भने उत्साहित छ । चलचित्रमा नायिका उपासना सिंह ठकुरीलाई नर्सको भूमिकामा देखाइएको छ । उपासनाका लागि आर्यनले गरेको संघर्षको कथा नै चलचित्रको टिजरमा उल्लेख छ । यो चलचित्र पौषको १५ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *