बरुणको ‘भेडिया’ले गतिलो ओपनिङ गर्न सकेन

१० मंसिर २०७९ ७:५५

रिलिज अगाडि निक्कै चर्चा बटुलेको नायक बरुण धवन र नायिका कृति सेनन अभिनित चलचित्र ‘भेडिया’ले बक्स अफिसमा औषत सुरुवात गरेको छ । यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा ७.४८ करोडको व्यापार गरेको हो । चलचित्रको समीक्षा भने उत्कृष्ट छ । यसअर्थमा पनि आज र भोली चलचित्रको व्यापारमा बृद्धी हुने अपेक्षा गर्न सकिन्छ ।

यो चलचित्रलाई हरर कमेडी कथामा निर्माण गरिएको छ । चलचित्रमा बरुणले करिअरकै उत्कृष्ट काम गरेको प्रतिक्रिया पनि आइरहेका छन् ।

यो चलचित्रलाई गत साता रिलिज भएको अर्को चलचित्र ‘दृश्यम २’ले असर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *