निर्माता किरण नेपालीले नयाँ चलचित्र ‘हात्तीछाप’ बनाउने भएका छन् । यो चलचित्रको आज औपचारिक रुपमा घोषणा गरिएको छ । चलचित्रका लागि कलाकार र निर्देशक फाइनल गरिएको छैन ।
यो चलचित्रको छायांकन चैत्र महिनाबाट सुरु हुने किरणले बताएका छन् । किरणका अनुसार, यो चलचित्रलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ । केही दिनमा नै चलचित्रको बिषयमा सम्पूर्ण जानकारी पत्रकार सम्मेलन गरेर दिने किरणले बताए ।
चलचित्र ‘हात्तीछाप’ भन्दा अगाडि किरणले ‘पोई पर्यो बुढो’ बनाउने तयारी गरेका थिए । तर, चलचित्रको कथावस्तु मन परेपछि उनले ‘पोई पर्यो बुढो’लाई तत्कालका लागि पोष्टपोन्ड गरेका छन् ।
किरणले निर्माण गरेको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यसअघि उनले बनाएको ‘पोई पर्यो काले’लाई पनि दर्शकले मन पराएका थिए ।