नेपाल आए आदित्य नारायण, भोली फरेनहाइटमा प्रस्तुति दिने(भिडियोसहित)

९ मंसिर २०७९ १३:४८

बलिउडका गायक तथा कलाकार आदित्य नारायण झा नेपाल आएका छन् । उनी, आज त्रिभुवन मुम्बईबाट नेपाल आएका हुन् । भोली काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आदित्यले आफू नेपालमा प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताए । उनले, ३ बर्षपछि आफू नेपाल आएको सुनाए ।

पत्रकारहरुसँग नेपालीमा नै कुरा गरेका आदित्यले नेपाल आफूलाई निक्कै मनपर्ने देश भएको उल्लेख गरे । आफू चाडै नै फेरि नेपालमा आउने उनको तर्क छ । आदित्यले चाडै नै आफूले नेपालीमा गीत सार्वजनिक गर्न लागेको समेत सुनाए ।

आदित्य नारायण झा भारतमा रियालिटी शो होस्ट गरेर बढी चर्चामा छन् । उनले यसअघि भने फरेनहाइटमा प्रस्तुति दिएका थिए । गायक उदितनारायण झाका छोरा आदित्यको गायन यात्रा सुखद रुपमा अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *