‘तिम्रो मेरो साथ’मा बोल्ड एन्ड ब्यूटी साम्राज्ञी

९ मंसिर २०७९ १०:४६

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘रातो टिका निधारमा’ पछि नयाँ चलचित्र रिलिज भएको छैन । बक्स अफिसमा यो चलचित्र नचलेपछि साम्राज्ञीलाई हिट चलचित्रको आवश्यक छ । यो आवश्यकता उनलाई चलचित्र ‘तिम्रो मेरो साथ’ले पुरा गर्ने अपेक्षा गर्न सकिन्छ । पौषको २९ गतेबाट रिलिज हुने यो चलचित्रको आज टिजर सार्वजनिक भयो ।

टिजरमा साम्राज्ञीको प्रेमका लागि पागलपना देखिएको छ । तर, यो सँगै उनी यो चलचित्रमा बोल्ड अवतारमा पनि देखिएकी छिन् । उनको सुन्दरता र ग्ल्यामरले दर्शकको ध्यान खिच्न सक्छ । साम्राज्ञी यो चलचित्रमा नायक पुष्प खड्काका लागि पागल भएको देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *